मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

  Sampatti News Online

January 18, 2024

काठमाडौँ । सरकारले विभिन्न निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको हो । 

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ लाई संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।

२०८० माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

१. नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा श्री पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने।
२. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने। 
३. राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। 
४. सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका श्री किरणबाबु पुनलाई नियुक्त गर्ने।
५. नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा श्री रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने।
६. सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गर्ने।

प्रकाशित मिति:January 18, 2024