चन्द्रपुरका मेयर काफ्ले प्रशासकीय अधिकृत पुरीलाई फेर्न सिंहदरबारमा बसे धर्ना
लागेको काम फत्ते गर्न बिपरित सिद्धान्तका एकजनालाई गरे भर्ना
लागेको काम फत्ते गर्न बिपरित सिद्धान्तका एकजनालाई गरे भर्ना
January 19, 2024
चन्द्रनिगाहपुर । चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेको कमिसनमोह चक्करले नियम बिपरितको भुक्तानीका निम्ति लादिएको चर्को दबाबका कारण प्रशासकीय अधिकृत हरिलाल पुरी र मेयर आमुन्ने सामुन्ने हुन नसक्ने अवस्थामा पुगेका छन्।
प्राप्त जानकारी अनुसार मेयर काफ्लेले आफू मेयर भएकाले जे भन्छु त्यो मान्नुपर्छ भन्दै नियम बिपरितका भुक्तानी गराउन खोजेका कारण त्यो नियमले मिल्दैन अख्तियारले चिट्ठी काटेको छ तपाईंलाई खोजेको छ कागजात नमिल्दा हामी पर्छौ, पूरा अबधि जागिर खान दिनोस भन्ने प्रमुख प्रशासकीय अधिकृत पुरीले मेयर काफ्ले सामु राखेको आग्रह र अडान यतिबेला भैसिको अगाडि बासुरी बजाए जस्तो भएको छ। एकातिर परिषद बस्न सकेको छैन। आफ्नो मनपरि तन्त्र नचल्ने देखे पछि चपुर बाट नयाँ हाकिम लिएर आउछु भन्दै काठमाडौ तिर हानिएर आएका मेयर काफ्ले सामान्य प्रशासन मन्त्रालयका सचिबको हप्काइ खाएपछि थप बलका निम्ति फरक सिद्धान्त बोक्ने एक नेतालाई बोकेर मन्त्रालय नियमित जस्तो धाइरहेको देख्नेहरु समेत लज्जित भएका छन्।
प्राप्त जानकारी अनुसार प्रमुख प्रशासकीय अधिकृत पुरी लाई मैले मात्रै फाल्न सकिन भन्दै मेयर काफ्लेले म जे भने पनि मान्छु तर मिलेर कार्यकारी फेरेर नगर परिषद गरौ अनि बजेट मिलेसम्म हाल्छु भन्ने सर्तमा मेयर काफ्ले एकदुई जनाको बैसाखी टेकेर प्रमुख प्रशासकिअधिकृत पुरी हटाउने अभियानमा भिडेका छ्न तर आज सम्म काम फत्ते गर्न सकेका छैनन्। उता पुरी भने मेयर काफ्लेले सरुवा गराउन तर नाजाय काम गर्दिन भन्दै मेयर को दबाब केहि दिन कम भएपनि वडा अध्यक्षहरुको ज्यालादारी कर्मचारी भर्नाको गनगनले भने आजित नै भएकोले केहि गर्न मानेका छैनन्।
समाचार श्रोतका अनुसार मेयर हाकिम लफडाको फाइदा उठाउदै शिक्षा इकाइमा भने बाल बिकास कोटा एक जना मण्डल थरका माबिनीले २० वटा कोटा बेचेर खाएको सन्दर्भमा भने कसैको ध्यानाकर्षण हुन नसक्दा अरु बिषय त सामान्य जस्तै भएको छ।
अस्पताल भित्रका कर्मचारीमध्ये काम गर्ने लाई पेल्ने काम चोर लाई पोस्ने मेयरको नितिले समेत सर्वसाधारणले औषधि पाउन समेत छाडेका छन्।
मेयर काफ्ले भने हाकिम फेरेर कमाउने अभियानमा
हप्तौं देखि काठमाडौ मै बसिरहेका मेयर काफ्लेले तिर्न बाकी चालिस करोडको दायित्व तिर्न सकेका छैनन्। बिगतमा प्रशाशकिय अधिकृत किरण निधि तिवारीले अन्धाधुन्ध खर्च गरेर करोडौंको दायित्व बोकाएर रातारात कुलेलम भएकाले नयाँ प्रशासकीय अधिकृत पुरीले म नभएको बेलामा नदेखिएको काममा भुक्तानी हुदैन भन्ने अडान निरन्तर राख्दै आएसगै करोडौं कुम्ल्याउने मेयर निति निरर्थक हुने भए सगै मेयर हाकिमको लफडा सुरु भएको हो।
बेरुजु र अख्तियारको निशाना समेत चपुरमा
खरिद नियम एकातिर छ काम गर्ने प्रणाली भने आदेश सहितको तजबिज शैलीका कारण बेरुजु ह्वात्तै बढेको छ। प्रक्रिया नपुग हुदै गरेका भुक्तानीले अख्तियारले चपुर लाई निसाना बनाएको मेसो मेयर लाई छैन । तर मेयर काफ्लेले आफुले गरेका काममा अख्तियारको आखा छल्न नयाँ हाकिम लैजान सिहदरवार भित्र दैनिक जसो धर्ना बसे पनि उनलाई कुनै शाखाले रेस्पोन्स नगर्दा तनावका साथ थप बलको निम्ति फरकफरक सिद्धान्तका नेताहरूलाई जस्तोसुकै काम गरिन्छ भन्दै साथमा लिएर हिड्न सफल भएको भने देखिन्छ ।
प्रकाशित मिति:January 19, 2024
November 24, 2024