राजश्व छलेको अभियोगमा दुई करोड नगदसहित अग्रवाल पक्राउ

  Sampatti News Online

January 19, 2024

काठमाडौं। राजस्व अनुसन्धान विभागले २ करोड नगदसहित कपडा ब्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ। विभागको टोलीले बिहीबार राति अग्रवालको क्षेत्रपाटीस्थित निवासमा छापा मारेर उनलाई नगद सहित पक्राउ गरेको हो  ।

विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगद सहित पक्राउ गरेको हो। हुन्डी र सुन कारोबारको आरोपमा अग्रवाललाई नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान विभागले जनाएको छ। साथै अग्रवालबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ।

विभागका अनुसार अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको छ। अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो। अग्रवालबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

प्रकाशित मिति:January 19, 2024