ललितपुरका धेरै ठाँउमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द

  Sampatti News

January 19, 2024

काठमाडौँ । आज ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुने छ । 

नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ । 

लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासीलगायतका स्थानहरूमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:January 19, 2024