वीर अस्पतालको खाद्यान्न र अन्य खर्च नरोक्न सर्वोच्चको आदेश

Nepal Cover
५ माघ २०८०, शुक्रबार
image

काठमाडाैं । सर्वोच्च अदालतले वीर अस्पतालमा आवश्यक बजेट नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

शुक्रवार न्यायधिश हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको इजलासले वीर अस्पतालमा आवश्यक बजेट नरोक्न आदेश जारी गरेको हो।

अधिवक्ता बिमल पोखरेलले गत पुस १६ मा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालय विरुद्ध मुद्दा दर्ता गरेका थिए।

तीन साता अघि वीर अस्पतालमा नियमित खाद्यान्न, अक्सिजन र मर्मत सामाग्रीको लागि आवश्यक बजेट चालु आर्थिक वर्षमा कटौती भएपछि सङ्कट परेको विषयमा सञ्चार माध्यममा प्रकाशित भएको थियो। यसको साथै गत वर्षको भन्दा बजेट कटौती भएकोले अन्य व्यवस्थापनमा समेत हम्मे परेको अस्पतालले जनाएको थियो।

अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा वीर अस्पतालका लागि ३३ वर्ष देखि दिइँदै आएको विरामीको खाना र खाजाको खर्च कटौती संविधानको मौलिक हकविरुद्ध रहेको दाबी गरेकाे थियाे ।