उपेन्द्र यादवले गरे करैयामाई पुलको उदघाटन

  Sampatti News Online

January 20, 2024

बारा ६ माघ। जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा पर्ने करैयामाई गाउँपालिका वडा नं. ८ स्थित ईटहर बेलाही तियर नदिमा निर्मित पुलको उद्वघाटन गर्नुभएको छ।
पूर्व उपप्रधानमन्त्री तथा बारा क्षे.न.२ का प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवको प्रमुख अतिथ्य सम्पन्न भएको कार्यक्रममा बिशिस्ट अतिथि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव रहेका थिए। कार्यक्रममा जसपा नेपालका राजनीति समिति सदस्यहरू आत्माराम साह, प्रमोद गुप्ता, रामकिशोर यादव, रामवावु यादव (वकिल), उमरावती देवि यादव, जसपा नेपालका मधेश प्रदेश समितिका अध्यक्ष रामवावु कुमार यादव, विधायक श्रद्धाशंकर साह कलवार, बच्चा प्रसाद यादव, जसपा नेपाल बारा जिल्ला अध्यक्ष रामवावु यादव लगायत केन्द्रीय समितिका सदस्यहरू, प्रदेश समितिका सदस्यहरू, जिल्ला समितिका पदाअधिकारीहरू लगायत सदस्यहरूको उपस्थित रहेको थियो।
कार्यक्रममा क्षेत्रीय अध्यक्ष लालवावु सिंह, ईन्चार्ज महेन्द्र यादव, वडाअध्यक्षहरू सहित पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकसहित आम जनसधारणहरूको गरिमामय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता करैयामाई गापाका अध्यक्ष श्री शम्भु प्रसाद यादवज्युको रहेको थियो भने संचालन करैयामाई पार्टी गाउँपालिका ईन्चार्ज सुरेन्द्र प्रसाद साहले गरेको थियो ।

प्रकाशित मिति:January 20, 2024