गृहमन्त्रालयका केदार सर भए कोशी प्रदेशको प्रमुख सचिब

Nepal Cover
६ माघ २०८०, शनिबार
image

काठमाडौं । सरकारले गृह मन्त्रालयमा कार्यरत वरिष्ठ सहसचिव केदारनाथ शर्मालाई कोशी प्रदेश सरकारको निमित्ति प्रमुख सचिवको जिम्मेवारी दिएको छ ।

मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सरल स्वभावका धनी सहसचिव शर्मालाई केहि महिनादेखि रिक्त रहेको कोशी प्रदेश सरकारको निमित्त प्रमुख सचिवको जिम्मेवारी दिएको हो ।

कोशी प्रदेश सरकारका तत्कालिन प्रमुख सचिव डा.दिपक काफ्लेको एक महिना अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएपछि कोशी प्रदेश प्रमुख सचिवको पद रिक्त भएको थियो । काफ्लेले गत चैत २० गतेदेखि गत पुष दुई गतेसम्म गरेर आठ महिना प्रदेश प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।

कोशी प्रदेशको निमित्त प्रमुख सचिव पदमा सरुवा भएका शर्मा सचिव बढुवाको लाइनमा रहेका छन् । उनी भन्दा अघि सचिवमा बढुवा हुने लाइनको पहिलो नम्बरमा रहेका वरिष्ठ सहसचिव चुणामणी शर्मा कर्णाली प्रदेश सरकारको कायमुकायम प्रमुख सचिवको जिम्मेवारीमा छन् भने दोस्रो नम्बरमा रहेका डा.हरी लम्साल सुदूरपश्चिम प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारीमा छन् । कोशी प्रदेशको निमित्त प्रमुख सचिवको जिम्मेवारीमा सरुवा भएका शर्मा सचिव बढुवाको तेस्रो नम्बरमा रहेका छन् ।

यो संगै सात वटा प्रदेश सरकारमध्ये तीन वटा प्रदेश सरकारमा निमित्त तथा कामु सचिवको जिम्मेवारी बरिष्ठ सहसचिवले पाएका छन् । सहसचिवबाट सचिवमा बढुवा भएकाको प्रदेश प्रमुख सचिव पदमा पदस्थापन हुने गरेको छ ।सरकारले एयरपोर्टमा डरलाग्दो सुन प्रकरणमा जोडिएका झलक राम अधिकारीलाई समेत नयाँ जिम्मेवारी दिएको समाचारले भने सरकार थप आलोचित भन्ने भएको बताइन्छ ।
२९ जना सहसचिवलाई नयाँ जिम्मेवारी
मन्त्री परिषदको बैठकले २९ जना सहसचिवको सरुवा गरेको हो। को कहाँ गए नयाँ जिम्मेवारीमा सुची सहित