रौतहटमा अधिवेशन नजिकदै गर्दा नेता कार्यकर्ताहरुमा चहलपहल

  Sampatti News Online

January 20, 2024

रौतहट,६ माघ । नेकपा एमालेको रौतहट जिल्ला अधिवेशन नजिकदै गर्दा नेता कार्यकर्ताहरुमा चहलपहल बढेको छ । आउदो माघ २५ र २६ गते हुने जिल्ला अधिवेशनको लागी नेताहरु गाउ गाउ मा सकृय छन् ।
माघ ४ गते बसेको जिल्ला कमिटी सचिवालय वैठकले अधिवेशनलाइ भब्य र सब्य बनाउन बिभिन्न निर्णयहरु गरेको नेकपा एमाले रौतहटका जिल्ला इन्चार्ज पुरुषोतम पौडेलले जानकारी दिएका छन्।
बैठकले जिल्ला अधिवेशन सफल पार्न माघ ७ गते देखी १२ गते सम्म सवै पालिका कमिटीहरु र सवै जनसंगठन हरुको वैठकको आयोजना गर्ने निर्णय गरेको इन्चार्ज पौडेलले बताए ।
माघ १३ गते रौतहटको १८ वटै स्थानिय तहमा एकदैदिन प्रतिनिधि चयन गर्ने समेत निर्णय गरेको छ ।
माघ १८ गते जिल्ला अधिवेशन तयारी भेला आयोजना गर्ने,भेलामा वडाकमिटीका पदाधिकारीहरु, पालिका कमिटीका सदस्य तथा पदाधिकारीहरु, जिल्ला प्रदेश र केन्द्रीय स्तरका सवै र जनसंगठनका केन्द्र देखी पालिका कमिटिका पदाधिकारी सहभागी हुने नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मीले जानकारी दिएका छन् ।
नेकपा एमाले रौतहट जिल्ला कमिटिका संयोजक सचितानन्द साहको अध्यक्षतामा बसेको बैठकमा इन्चार्ज पुरुषोतम पौडेल,केन्द्रिय सदस्य उद्दव रेग्मी,केन्द्रिय सदस्य अजय कुमार गुप्ता,रेखा झा,लेखा आयोगका केन्द्रिय सदस्य राजकिशोर यादब लगायत सचिवालय सदस्यहरुको सहभागिता रहेको नेकपा एमाले रौतहटका प्रचार बिभाग प्रमुख रुपेश कुमार पटेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति:January 20, 2024