काठमाडौ । प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइतीघरमा जारी निषेधाज्ञा खारेज गर्ने मागसहित प्रदर्शनमा उत्रिएको सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन, नेपाल विद्यार्थी संघ समर्थित बिद्यार्थीहरूलाई आज प्रहरीले पक्राउ गरेको छ।
नेविसंघ काठमाडौ जिल्ला कार्य समितीले आज माइतीघरको निषेधाज्ञा खुलाउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएको हो। प्रदर्शनमा उत्रिएका डेढ दर्जन बढीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बिद्यार्थीहरुलाई प्रहरी बृत सिंहदरबार राखिएको छ।
सरकारले मंसिर ४ गतेदेखि लागू हुनेगरी माइतीघर लगायतका आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।