January 21, 2024
काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब आधा केजी सुनसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका २३ वर्षीय खगेन्द्र दर्जी रहेको प्रहरीले जनाएको छ ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेकाअनुसार दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् ।
उनी हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका हुन् । थप अनुसन्धानका लागि भन्सार सुरक्षार्थ एपीएफ परिचालित भएको छ ।
प्रकाशित मिति:January 21, 2024