बागमती प्रदेश लोकसेवा आयोगले माग्यो ११ सय १३ कर्मचारी (सूचनासहित)

Nepal Cover
८ माघ २०८०, सोमबार
image

काठमाडौं । बागमती प्रदेशको लोक सेवा आयोगले एक हजार एक सय १३ कर्मचारी माग गरेको छ। बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले सर्वाधिक संख्यामा कर्मचारी मागसहित विज्ञापन भएको हो।

प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका लागि आवेदन माग गरिएको हो।

आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले नेपालको लोक सेवा आयोगकै इतिहासमा सर्वाधिक सङ्ख्यामा रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन माग गरिएको जानकारी दिए।

उनले यति धेरै सङ्ख्यामा लोक सेवा आयोगले पहिलो पटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरेको बताए।