हनुमान मन्दिर र ब्रह्मस्थानमा अज्ञात समूहद्वारा आगलागी

  Sampatti News Online

January 24, 2024

रौतहट १० माघ। रौतहटको इशनाथ नगरपालिका स्थित गएराति अज्ञात समूहले हनुमान मन्दिर र ब्रह्म स्थानमा आगजनी गरेका छन्।

ईशनाथ ५ जटहाराटोल स्थित सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रहमस्थानमा अज्ञात ब्यक्तीले आगजनी गरेको हो।

मन्दिरमा रहेको हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको घटना बुधबार  सार्वजनिक भएको छ। आगलागी बाट हनुमान को मुर्ति र ब्रह्मस्थानमा क्षती पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले घटनाको पुष्टी गरेकी छन्। कसैले पराल राखेर गएराती दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ घटना बारे स्थानीयले आज बिहान देखेर प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको तथा छानबिन सुरु गरेको प्रवक्ता डिएस्पी गिरीले जानकारी दिएकि छन्।

सामाजिक सदभाव बिगार्न यस्ता आराजक गतिबिधि गर्ने दोषीलाई खोजतलास गरी कडा भन्दा कडा कारबाही गर्न स्थानीयले प्रहरी प्रशासन संग जोरदार माग गरेका छन् ।

आगलागी बाट क्षतिग्रस्त भएको हनुमानजीको उक्त मूर्ति २५  बर्ष अघि भारतको राजधानी दिल्ली बाट ल्याईर स्थापना गरिएको स्थानीयले जानकारी गराएका छन् ।

प्रकाशित मिति:January 24, 2024