बुढानीलकण्ठ नगरपालिकाले माग्यो करारमा कर्मचारी

Nepal Cover
१२ माघ २०८०, शुक्रबार
image

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आज एक सूचना जारी गर्दै नगर अस्पतालमा सेवा करारमा कर्मचारी माग गरेको हो । 

अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत पदका स्वास्थ्य सेवाका कर्मचारी सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र माग बमोजिमका प्रमाणपत्र र यस नगरपालिकाको राजश्व शाखामा राजश्व दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिन नगरपालिकाले आह्वान गरेको हो ।

आवेदन आह्वान सम्बन्धी विस्तृत सूचना बुढानीलकण्ठ नगरपालिकाको वेबसाइट www.budhanilkanthamun.gov.np  बाट प्राप्त गर्न सकिनेछ ।