जाडो छल्न माण्डवी द्वारा ५०० परिवारलाई न्यानो कपडा वितरण

  Sampatti News Online

January 27, 2024

रौतहट १३ माघ। रौतहट स्थित गैरसरकारी संस्था माण्डवीले ५०० परिवारलाई जाडो छल्न न्यानो कपडा बितरण गरेको छ।
पछिल्लो केहीदिन देखि तराईमा चलेको सितलहर सँगै चिसो अत्यधिक बढेपछि माण्डवीको पहल र एफसीडीओ स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा राहत स्वरुप न्यानो कपडा वितरण गरेको हो ।
जिल्ला सदरमुकाम गौर नगरपालिका, परोहा नगरपालिका तथा इशनाथ नगरपालिका र सर्लाही जिल्लाको धनकौल गाँउपालिकामा शीतलहर परियोजनाअन्तर्गत करिब ५०० परिवारलाई न्यानो कपडा वितरण गरिएको संस्थाकी अध्यक्ष अञ्जु झाले बताएकी छन्।
पहिलो चरणमा आठहजार बराबरको न्यानो कपडा तथा दोस्रो चरणमा रु ६ हजार ५०० सय बराबरको खाधान सामाग्रीहरु वितरणको योजना रहेको अध्यक्ष झाले जानकारी दिएकी छन्।
पहिलो चरणमा बाक्लो ज्याकेट, बाक्लो लोवर,उनीका सुइटर, उनीका मोजा, तातो पानी राख्ने १ लिटरको थर्मस, दुईकेजी फोमको सिरक त्यस्तै ६ देखि १० केजी तौल भएको कपासको सिरक,६.५ फिट लम्बाई भएको पिफम, ठूलो त्रिपाल ,हट वाटर ब्याग, डसना, ऊनको टोपी, बाक्लो मोजा, टाउजर हाइनेक, बच्चाको न्यानो कपडा, ऊनको पन्जा, चप्पलहरु बितरण गरिएको माण्डवीले जनाएको छ।
माण्डवीका अनुसार पहिलो चरणमा न्यानो कपडा वितरणको काम शुक्रवार देखि सुरुभएको छ यो सकिनासाथ दोस्रो चरणको राहत सामग्री वितरण हुनेछ।

प्रकाशित मिति:January 27, 2024