काठमाडौँमा पुनः श्रीमती र छोरीमाथि एसीड प्रहार

Nepal Cover
२३ श्रावण २०७७, शुक्रबार
image

काठमाडौँ । काठमाडौंको चुच्चेपाटीमा आमा र छोरीमाथि एसिड आक्रमण भएको छ।

हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका अन्दाजी ४४ राजन विष्टले बिहीबार साँझ करिब ९ बजे श्रीमती र छोरीलाई एसिड प्रहार गरेका हुन्।

विष्टले मादक पदार्थ खाएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। विष्टलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ। आमा छोरीको टाउको र अनुहारमा एसिड परेकाले अस्पताल लगिएको छ।