मुद्दा हेर्न जादै गर्दा उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

Nepal Cover
१६ माघ २०८०, मंगलवार
image

पाटन ।उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको अकस्मात निधन भएको छ ।

आज अदालतको तोकिएको मुद्दा  हेर्न जाने तयारीका रहेका उनलाई अचानक हृदयघात भएपछि अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

एक महिनाअघि मात्रै जिल्लाबाट बढुवा भएर उच्चमा पुगेका न्यायाधीश मरासिनीले अस्तिदेखि कार्यभार सम्हालेका थिए । आज ५ नम्बर इजलासमा एकल र ४ नम्बरमा अर्का न्यायाधीश चन्द्रमणि ज्ञावलीसँग संयुक्त पेशी तोकिएको थियो । एकलमा ३ वटा र संयुक्तमा ५ वटा मुद्दा थिए ।

न्यायाधीशको मृत्युपछि उच्च अदालत पाटनको सम्पूर्ण पेशी स्थगित भएको अदालतले जानकारी गराएको छ।