सिरहामा दाहाल र नुवाकोटमा अधिकारीलाई सिडिओको नयाँ जिम्मेवारी

Nepal Cover
१६ माघ २०८०, मंगलवार
image

काठमाडौँ । गृह मन्त्रालयले तीन जना सिडिओको सरुवा गरेको छ । मन्त्रालयले मङ्गलवार अपराह्न सिराहासहितका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।

सम्पत्ति न्युजलाइ प्राप्त जानकारी अनुसार सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई गृह मन्त्रालयमा तान्दै मन्त्रालयका वासुदेव दाहाल सिराहाको प्रमुख जिल्ला जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यसैगरी सहसचिव रामकृष्ण अधिकारीलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । त्यहाँका प्रजिअ सुरेन्द्र पौडेलको सरुवा भएसँगै लमजुङबाट केही दिन अघि मन्त्रालयमा आएका अधिकारीलाई नुवाकोट पठाइएको बताइएको छ।