बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ

Nepal Cover
१८ माघ २०८०, बिहीबार
image

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन्।

कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौँको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि व्यवसायी अरुण चौधरीलाई पनि पक्राउ गरेको छ ।