घुससहित समातिएका अमिनविरुद्ध मुद्दा दायर

Nepal Cover
१८ माघ २०८०, बिहीबार
image

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघात सुस्ता पश्चिम) मा कार्यरत अमिन गोविन्द ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  आयोगले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ढकालले जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोनार्थ सेवाग्राहीसँग ४ हजार घुस लिएका थिए ।

गत पुस ११ गते आयोगको बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको अवस्थामा फेला पारेको थियो । अनुसन्धानको क्रममा जग्गा नापजाँच गरी लालपूर्जा दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएको खुल्न आएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। बताएको छ । 

ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो ४ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी गरि आरोप पत्र दायर भएको अख्तियारले जनाएको छ।