उद्योगपति एवं संसद बिनोद चौधरीका भाइ अरुण पक्राउ

  Sampatti News

February 1, 2024

काठमाडौं । ब्यापारी अरुणकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

नेपाली कांग्रेसका सांसद बिनोद चौधरीका भाइ अरुण चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी भन्दा बढी जग्गा अतिक्रमण गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । चौधरीलाई सीआईबीमा पुर्याइसकिएको छ ।

बिनोद चौधरी र अरुण चौधरीले बाँसबासी छाला जुत्ता कारखाना हाल गंगालाल मुटुरोग अस्पतालको १० रोपनी जग्गा कब्जा गरी चाँदबाग स्कुल बनाएका छन् ।

विनोद चोधरीको मेजर सेयर रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा अतिक्रमण गरेको भए पनि उनलाई छाडेर उनका भाइ अरुणलाई सीआइबीले पक्राउ गरेको छ ।

अरुणकुमार चौधरी सीजी होल्डिङ्स्‌का अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् । उनी हंगेरीका अवैतनिक महाबाणिज्यदूत पनि हुन् ।

चौधरी ग्रुपले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अतिक्रमण गरी चाँदबाग स्कुल बनाएको बिषयमा मिडियाले यसअघि नै उजागर गरिसकेका छन् ।देशमा अबैध ढंगले कमाएका बिनोद चौधरी पनि पक्राउ पर्नुपर्ने आवाज उठेको छ।

प्रकाशित मिति:February 1, 2024