४३ अधिकृत उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

Nepal Cover
१९ माघ २०८०, शुक्रबार
image

काठमाडौँ ।बढुवा सिफारिस समितिले एकै टिक ४३ जना अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)लाई राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस गरिएकाहरूमा सामान्य प्रशासन समूहका ३४ र लेखा समूहका ९ जना गरी ४३ जना छन् ।