सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने नापी अधिकृतसहित तीन जना दोषी ठहर

  Sampatti News Online

February 2, 2024

काठमाडौं । रुपन्देहीमा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको विषयमा तीन जना दोषी ठहर भएका छन्। विशेष अदालतले आज नापी कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुबे र सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना पासवानलाई दोषी ठहर गरेको हो ।

नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना पासवान दोषी ठहर भएका हुन् ।

टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना कैदको सजाय सुनाएको कार्कीले बताए । व्यक्तिको नाममा ल्याइएको सरकारी जग्गा पनि जफत हुने फैसला भएको छ । यसैगरी सो प्रक्रियामा संलग्न अन्यमाथि अनुसन्धान नभएको भन्दै अभियोजन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

प्रकाशित मिति:February 2, 2024