नवलपरासीमा सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

  Sampatti News Online

February 4, 2024

नवलपरासी । पश्चिम नवलपरासीमा एक सुनचाँदी ब्यवसायीमा गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ६५ वर्षीय गजेन्द्र विश्वकर्मा माथि गएराति गोली प्रहार भएको हो । 

पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकैको हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको पाखुरामा गोली लागेको छ । गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घाइते विश्वकर्माको लु७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ ।

प्रकाशित मिति:February 4, 2024