स्कटल्यान्डमा भएको आगलागीमा पोखरा घर भएका दिदी र बहिनीको मृत्यु

Nepal Cover
२१ माघ २०८०, आईतवार
image

एजेनसी । स्कटल्यान्डको एबरडीन शहरमा भएको आगलागीमा दुई जना नेपाली दिदीबहिनीको ज्यान गएको छ ।

ब्ल्याक हिल्टन रोडमा सोमबार भएको आगलागीमा नेपालको पोखरा घर भएका शिक्षा सुवेदी र आँचल सुवेदीको ज्यान गएको एबरडिन लाइभले जनाएको छ ।समाचारमा जनाइएअनुसार सुवेदीद्वय दिदीबहिनी हुन् । अन्दाजी २२ वर्षीया आँचल इञ्जिनियर हुन् भने २४ वर्षकी शिक्षा आईटी पेसामा आबद्ध थिइन् ।आगलागीका बेला धुवाँमा निस्सासिएर उनीहरूको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको स्कटल्यान्ड प्रहरीले जनाएको छ ।

मृतक दिदीबहिनीको दाहसंस्कार आउँदो मंगलबार गर्ने तयारी परिवारजनले गरेका छन्। सोही घटनामा आगलागीमा परेर निस्सासिएका अन्य ५ जनालाई प्रहरीले उद्धार गरेको थियो।

आगलागी कसरी शुरु भयो खुलेको छैन। तर प्रहरीले घटनालाई शंकास्पद भने मानेको छैन। पोखरा घर भएका सुवेदी परिवार झन्डै दुई दशकदेखि स्कटल्यान्डको एबर्डिनमा बस्दै आएकाे थियाे। उनीहरुका बुवाआमा पनि युकेमै बस्दै आएका छन्।