आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा महानगरले चलायो डोजर

  Sampatti News

February 4, 2024

काठमाडौँ । सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौँ महानगरपालिका-३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ । महानगर प्रहरीका अनुसार अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भान्छाका सामान, फर्निचर लगायत सामानहरु हटाएर डोजर चलाइएको छ ।  नगर प्रहरीका अनुसार १४ वटा टहरा भत्काइरहेको छ ।

प्रकाशित मिति:February 4, 2024