बलात्कारकाे आरोपमा नेपाल प्रहरीका एक प्रहरी पक्राउ

  Sampatti News Online

February 4, 2024

काठमाडौं । बलात्कारको आरोपमा नेपाल प्रहरीका एक पूर्व प्रहरी निरुद्र यादवलाई बलात्कारको जाहेरी पाएपछि पक्राउ गरेको हो ।

एकै घरमा भाडामा बस्ने युवतीमाथि यादवले पुस १७ गते बलात्कार गरेको पीडितको दाबी रहेको छ । राति करिब ८ बजेतिर घरमा आमा नभएको समयमा पीडितको कोठामा आएर जबरजस्ती करणी गरेको भन्दै उनले जाहेरी दिएकी थिइन् । यादवले सुरूमा ढोका ढक्ढक्याउँदै पानी मागेको र त्यसपछि कोठाभित्र पसेपछि नफर्केको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन्। डेरा गरी एउटै ठाउँमा बस्ने चिनजानको व्यक्ति भएकाले ढोका खोलेको भित्र छिरेपछि उनी फर्किएर गएनन्’, पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।
आमालाई एसिड छ्यापेर कुरुप बनाइदिने धम्की दिँदै पीडितले प्रतिवाद गर्न खोजेपनि थप त्रासमा पारेर बल प्रयोग गर्दै जबरजस्ती गरेको जाहेरीमा पीडितले उल्लेख गरेकी छिन् । यससँगै यसबारेमा कसैलाई थाहा दिए मार्ने धम्की समेत उनले दिएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन्।

यसैगरी, अर्को दिन पनि यादवले बन्दुकको त्रास देखाएर पीडितलाई फेरि बलात्कार गरेको पीडितले बताएकी छिन्।

सोहि जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले यादवलाई नियन्त्रणमा लिएको हो । यादवले भने सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिँदा इन्कारी बयान दिएका छन् । पूर्व सईले आफू पीडितकी आमासँग सम्बन्धमा रहेको र पीडितलाई आफ्नो छोरी जस्तै मान्ने बताएका छन् ।

प्रहरीको अनुसन्धानमा पीडितको स्वास्थ्य जाँच प्रतिवेदनबाट बलात्कार गरेको पुष्टि भएको छ । सोहि निष्कर्ष र रायसहितको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाइसकेको छ।

पूर्व सई यादवले २०७६ को पुस १ गते प्रहरीबाट राजीनामा दिएका थिए । अहिले उनी एक निजी कम्पनीको सुरक्षागार्डका रुपमा कार्यरत छन्

प्रकाशित मिति:February 4, 2024