दोहोरो शतक हान्दै रचिन रविन्द्रले बनाए कीर्तिमान

Nepal Cover
२२ माघ २०८०, सोमबार
image

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको जारी टेष्टमा न्यूजील्याण्डबाट रचिन रविन्द्रले दोहोरो शतक बनाएका छन् । दक्षिण अफ्रिकाविरुद्धको जारी टेष्टमा २४० रन बनाएका रविन्द्रले न्यूजील्याण्डबाट डेभ्यु शतक बनाउने क्रममा धेरै रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन्।

यस अघि आफ्नो डेभ्यु टेष्ट शतक बनाउने क्रममा १९९९ मा  म्याथ्यू सिनक्लेयरले २१४ रन बनाएका थिए। यो कीर्तिमान अब रविन्द्रको नाममा गएको छ। यस टेष्टमा पहिला ब्याटिङ गरेको न्यूजील्याण्ड ५११ रन बनाउदै अल आउट भएको थियो।

रविन्द्रले केन विलियम्सनसँग तेस्रो विकेटका लागि २३२ रनको साझेदारी गरेका थिए भने डार्यल मिचेलसँग १०३ रनको तथा ग्लेन फिलिपसँग ८२ रनको साझेदारी गरेका थिए।

यस टेष्टमा विलियम्सनले ११८ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै दक्षिण अफ्रिकाका कप्तान निइल ब्राण्डले सर्वाधिक ६ विकेट लिएका थिए। दक्षिण अफ्रीकाले आफ्नो पहिलो ब्याटिंग शुरु गरेको छ।