दूर संचार प्राधिकरणको अध्यक्षका निम्ति २५ जनाले दिए आबेदन
बिबादित ब्यक्ति भण्डारीलाई अध्यक्ष बनाउने मुडमै,विकल्पमा अधिकारीलाई अगाडि सार्ने
बिबादित ब्यक्ति भण्डारीलाई अध्यक्ष बनाउने मुडमै,विकल्पमा अधिकारीलाई अगाडि सार्ने
February 5, 2024
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । प्राधिकरणका अध्यक्षका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सल्लाहकार भूपेन्द्र भण्डारीलाई बनाउन सहज हुने गरि छनोट प्रक्रिया अगाडि बढाइएको छ। तर यो प्रक्रिया कानुन प्रक्रियामा त्रुटी रहेको भन्दै अदालतमा मुद्दा दायर भएको छ। संचारकर्मी तथा अधिबक्त्ता अनन्त लुइँटेलले मुद्दा दायर गर्नुभएको हो। यता मन्त्रीको इसारामा भण्डारी आफू अध्यक्ष हुने भैयो भन्दै हिडन भ्याइसकेका छ्न्। नेपाल सरकारका पुर्व सचिब दामोदर रेग्मी देखी साझा प्रकाशनका पूर्व महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासम्मले आवेदन दिएका छन् ।
टेरामक्स र एमडीएमएस प्रणाली खरिद विवादमा परेपछि २४ पुसमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए । त्यसपछि मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि सचिव रामकृष्ण सुवेदीको नेतृत्वको सिफारिस समितिले १४ माघमा अध्यक्ष पदका लागि आवेदन माग्दै सूचना निकालेको थियो । जसमा सञ्चार मन्त्रीका सल्लाहकार रहेका भण्डारीदेखि विभिन्न संस्थानहरूमा यसअघि नेतृत्व गरिसकेकाहरू आकांक्षीका रूपमा देखिएका छन् । प्रतिस्पर्धामा प्रबल दाबेदार मानिएका भण्डारी गत ५ असारको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको दूरसञ्चार तथा सूचना प्रविधि सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोसमेतको लगानीमा बुरुण्डीमा चलेको स्मार्ट मोबाइलमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर २००८ देखि २०१५ सम्म काम गरेका भण्डारीले सियरालियोनको इन्टरग्रुप टेलिकममा सीईओ भएर काम गरेका उनको प्रबिधि माफिया सगको उठबस नै मुख्य मापदण्ड बनाएर मन्त्री र मन्त्रीका श्रीमान सहितको जोडबल भण्डारी माथी परेको छ। भण्डारी र शर्मासहित रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक सुरेशकुमार कार्की पनि प्रतिस्पर्धामा छन् ।
यस्तै अनिल झा, मैनेजरप्रसाद साह, रोहित रौनियार, देवनारायण यादव, प्रकाश बराल, नगेन्द्र कुमार दास, नन्दविक्रम अधिकारी र माधवप्रसाद रेग्मीले आवेदन दिएका छन् । सागरनाथ उपाध्याय, सुशील ओझा, रामदेव यादव, नवीन जिसी, गिरिन्द्रराज अधिकारी, जनार्दन भट्ट र लक्ष्मीप्रसाद पण्डितले पनि दाबेदारी प्रस्तुत गरेका छन् ।
यस्तै पुर्व सचिब रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, पंकजकुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनालले पनि आवेदन दिएका छन् । नेपालको सूचना प्रबिधि क्षेत्रमा बढदो चुनौतीको सामान गर्न सक्ने र नवीन दृष्टिकोण पस्कन सक्ने ब्याक्तित्व खोजी हुनुपर्नेमा त्यसो नभै पार्टी र सेटिङ्लाइ प्रमुख मापदण्ड बनाएर भण्डारी लाई प्राधिकरण भित्र्याए प्रबिधि क्षेत्रले दुर्भाग्यको समाना गर्नुपर्ने जानकारहरुको राय देखिन्छ ।मन्त्री सके भण्डारी नसकेकार्यवाहक अध्यक्ष गिरेन्द्रराज अधिकारी भित्र्याउने जोडमै देखिनुभएको नाम उल्लेख नगर्ने सर्तमा संचार मन्त्रालय सचिवालय श्रोतले बताएको छ।
प्रकाशित मिति:February 5, 2024
November 24, 2024