काठमाडौँ सुकेधाराबाट हात्तीको दाह्रासहित ३ जना पक्राउ

Nepal Cover
२४ श्रावण २०७७, शनिबार
image

काठमाडौँ । हात्तीको दाह्रासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। शुक्रबार काठमाडौँको सुकेधाराबाट १० इञ्च लामो हात्तीको दाह्रा सहित उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
पक्राउ पर्नेमा पाँचथरका २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोकका २५ वर्षीय हरि कार्की र गोरखाका २२ वर्षीय सुबोध देवकोटा रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

साढे एक बजे काठमाडौँ महानगरपालिका–४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।