शान्तिवाटिकामा धर्नामा बसेकालाई काठमाडौँ महानगरपालिकाका प्रहरीले हटायो

  Sampatti News Online

February 6, 2024

काठमाडौं । आज बिहान करिब साढे आठ (८ः३०) बजेतिर पुगेको नगर प्रहरीको टोलीले शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई हटाएको छ ।

शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए । हामी करिब २५ जना बसिरहेका थियौं । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिकोले भने, ।‘ आज बिहान करिब साढे ८ बजेतिर महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरीहरु आएर हाम्रो सामान फालिदियो । पकाएको भात पनि खान दिएन । दुर्व्यवहार पनि गर्‍यो ।’

उनीहरुलाई हटाउने क्रममा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन गरिएको थियो । यसअघि माइतीघरमा धर्नामा बसेकाहरुलाई प्रहरी प्रशासनले हटाएको थियो । माइतीघरमा निषेधित क्षेत्र घोषणा गरेर धर्ना र प्रदर्शन गर्नेहरुका लागि भृकुटीमण्डपमा स्थान तोकिएको थियो ।
विभिन्न माग राख्ने समूहरु ११ महिनादेखि शान्ति बाटिका कब्जा गरेर बसेको र त्यसका कारण रानीपोखरीसमेत फोहोर हुन थालेकाले उनीहरुलाई हटाउनु परेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

उनले शान्ति बाटिकामा धर्नामा बस्नेहरु भान्छा र बिस्तारसहित स्थायी रुपमै बसेको भन्ने सूचना आएपछि उनीहरुलाई हटाउन महानगरले आदेश दिएको बताए ।

प्रकाशित मिति:February 6, 2024