February 6, 2024
काठमाडौं । चिलीमा भीषण आगलागीका कारण १२२ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । जंगलमा भएको आगलागी मानव बस्तीमा सल्किएर हजारौँ घरहरूमा क्षति पुगेको छ भने हजारौँको संख्यामा मानिसहरू घाइते भएका छन् । स्थिति नियन्त्रणबाहिर हुँदै गएपछि संकटकाल घोषणा गरिएको छ ।
चिलीको राष्ट्रिय प्रकोप रोकथाम र प्रतिक्रिया सेवाका अनुसार आगलागीमा परेर सोमबारसम्म कम्तिमा १२२ जनाको मृत्यु भइसकेको छ। अझै धेरैको ज्यान गएको हुन सक्ने उसको अनुमान छ।
आगलागीले भयावह स्थिति सिर्जना गरेपछि राष्ट्रपति गेब्रियल बोरिकले आगलागी भएको क्षेत्र भल्पराइसो र भिना डेल मार लगायतका तटीय क्षेत्रलाई आपत्कालीन सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका छन् । त्यो क्षेत्रमा चार वटा ठूलो ज्वालाहरू जलेको र अग्निनियन्त्रकहरूले उच्च जोखिममा रहेका क्षेत्रहरूमा पुग्न सङ्घर्ष गर्दा आगलागीबाट मर्नेहरूको संख्या झन् धेरै बढेको जनाइएको छ ।
राष्ट्रपति बोरिकले चिलीबासीहरूलाई उद्धारकर्मीहरूलाई सहयोग गर्न अपिल गरेका छन् । तापक्रम उच्च भएका कारण आगलागी तीव्र गतिमा फैलिएको जनाइएको छ । पीडितको सम्झनामा चिली सरकारले सोमबार र मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
प्रकाशित मिति:February 6, 2024
April 16, 2025
April 16, 2025