राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान

Nepal Cover
२४ माघ २०८०, बुधबार
image

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आज एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत पदका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्ने जनाइएको छ। 

यसका साथै चार्टर्ड एकाउन्टेन्स वा सोही विषयहरूमा स्नातक उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक–वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव भएका हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचनामा उल्लेख छ ।