नापी कार्यालय कलंकीका सर्भेक्षक एक लाख रूपैयाँ घुससहित पक्राउ

  Sampatti News Online

February 8, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक र अर्का एक जनाल एक लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँमा कार्यरत सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले सर्भेक्षक चौलागाई र लेखापढी कर्मचारी पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा आज नापी कार्यालय कलंकीबाट पक्राउ गरेको हो ।

सर्भेक्षक चौलागाई र पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपमा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।  उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति:February 8, 2024