७८ जना एसपीको सरुवा, को कहाँ पुगे ?(नामावलीसहित)

Nepal Cover
२ फाल्गुन २०८०, बुधबार
image

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ । प्रहरी  महानिरीक्षकको यही फागुन १ गतेको निर्णय अनुसार एसपी सरुवा गरिएको हो।

फागुन महिनादेखिकै तलब, भत्ता समेत हाल दरबन्दी भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको मानव श्रोत विकास विभागले जनाएको छ ।