बुद्ध भारतमा जन्मेको भन्ने भारतीय विदेशमन्त्रीको बयानमा कांग्रेसको आपत्ति

Nepal Cover
२५ श्रावण २०७७, आईतवार
image

काठमाडौँ। बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। जयशंकरको बुद्ध महान भारतीय हुन् भन्ने भनाई सार्वजनिक भएपछि कांग्रेस प्रवक्ता शर्माले यसको विरोध गरेका हुन्।

‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन्। त्यो भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ प्रवक्ता शर्माले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैन।’

२०७२ सालमा नेपालमा नाकाबन्दी लगाउँदा विदेश सचिव रहेका जयशंकरले शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएका थिए।