आमा बन्दै दीपिका पादुकोण

Nepal Cover
१७ फाल्गुन २०८०, बिहीबार
image

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन्।

लण्डनमा आयोजित ७७ औं बाफ्टा अवार्ड समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले पटक पटक साडीले पेट लुकाउने प्रयास गरिरहेकी थिइन् । त्यसपछि दीपिका गर्भवति भएको र आफ्नो बेबी बम्प लुकाउने प्रयास गरेको अफवाह उड्न थाल्यो । यिनै अफवाहहरूबिच दीपिका आफैँले सामाजिक सञ्जालमार्फत् आफू गर्भवती भएको जनाएकी हुन्।

दीपिकाले पति रणवीर सिंहलाई ट्याग गर्दै एउटा पोस्ट गरेकी छिन्। जहाँ शिशुको लुगा, जुत्ता, खेलौना आदिले २०२४ सेप्टेम्बरलाई घेरेको छ।  ‘बेबी सेप्टेम्बर २०२४’ उनले लेखेकी छन्।

दीपिका र रणवीरले सन् २०१८ का नोभेम्बर १४ मा विवाह गरेका थिए।