खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत घुस प्रकरणमा दोषी ठहर

Nepal Cover
१८ फाल्गुन २०८०, शुक्रबार
image

काठमाडौं ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत योगेन्द्र ढुंगेल घुस लिएको आरोपमा दोषी ठहर भएका छन् ।विशेष अदालतले शुक्रबार ढुंगेललाई दोषी ठहर गरेको हो । 

अदालतले ढुंगेललाई दोषी ठहर गर्दै ८ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

ढुंगेललाई एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । 

उनीविरुद्ध अदालतमा बयान फेरेको आरोप लागेका ज्ञानहरी लामा पनि दोषी ठहर भएका छन् ।