March 3, 2024
काठमाडाै । नेपाली कांग्रेस तथा प्रतिपक्षि राजनीतिक दल नेकपा एमालेले चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा १४ वर्षीया शालिन पोखरेल मृत फेला परेको घटनाको गहिरमे अनुसन्धान गर्न माग गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिवार विज्ञप्ति जारी गर्द स्कूलको होस्टलमा मृत्यु भएको घटना गम्भीर भएकाले गहन अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरेका हुन् ।
‘चितवनको शिशु निकेतन स्कूलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ। यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्,’ सामाजिक सञ्जालमा उनले उल्लेख गरेका छन्,’परिवार र आफन्त अत्यन्त पीडित छन्। यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौं।’
प्रकाशित मिति:March 3, 2024
November 23, 2024