March 4, 2024
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक केही बेरपछि बस्दै छ । बैठक बिहान ८ बजे बस्न लागेकाे हाे ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरुका बीचमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
बैठकमा मन्त्रि हेरफेर र राष्ट्रिय सभा अध्यक्षको विषयमा छलफल हुने जनाइएको छ । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने कार्यतालिका छ ।
सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा समेत खटपट आएको बताइएका बेला बैठक आह्वान भएको हो ।
प्रकाशित मिति:March 4, 2024
November 25, 2024
November 24, 2024