राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यको शपथ आज

Nepal Cover
२१ फाल्गुन २०८०, सोमबार
image

काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सदस्यको शपथ आज हुँदैछ । शपथ कार्यक्रम बिहान साढे ११ बजे संसद भवनको लहोत्से हलमा हुनेछ ।

गत माघ ११ गते निर्वाचित भएका १९ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिन लागेकाे हाे । उनीहरुलाई उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गराउने छिन् ।

सपथ लिने सदस्यहरुमा रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, भक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहरा छन्।