उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह

  Sampatti News

March 4, 2024


काठमाडौँ। निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको छ । २०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि आयोगले राजीनीतिक दलहरुलाई दल दर्ता गर्न आग्रह गरेको हाे ।

आयोगका अनुसार फागुन २४ गतेदेखि फागुन ३० गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल दर्ता गर्नुपर्नेछ । राजीनीतिक दलहरुले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंमा दल दर्ताका लागि निवेदन दिनुपर्ने छ ।

उपनिर्वाचन आगामी वैशाख १५ गते इलाम-२ र बझाङ प्रदेशसभा १ मा हुँदैछ ।

प्रकाशित मिति:March 4, 2024