नयाँ सत्ता गठबन्धनका तीन मन्त्रीले शपथ लिँदै

Nepal Cover
२१ फाल्गुन २०८०, सोमबार
image

काठमाडौँ। नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले सोमबार (आज) शपथ लिने भएका छन्।

सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

गिरी पर्वत, तामाङ नुवाकोट-१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन्। यसअघि माओवादीबाट पुन र रास्वपाबाट सभापति रवि लामिछाने आजै सरकारमा सहभागी हुने तयारी भएको थियो।

नवनियुक्त मन्त्रीहरुको शपथ आजै गर्ने तयारी छ।