मन्त्रालयको सीट र कार्यविभाजन टुंग्याउन चार सदस्यीय कार्यदल गठन

  Sampatti News Online

March 4, 2024

काठमाडौं । मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि चार सदस्सीय कार्यदल गठन गरिएको छ ।

नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धन पछि निर्माण हुने सरकारको मन्त्रीमण्डलको संख्या र कार्यबिभाजन टुंग्याउन ४ सदस्सीय कार्यदल बनाइएको हो ।

जसमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।

आज बेलुका ५ बजे नयाँ मन्त्रीहरूको सपथसँगै मन्त्री मण्डलको संख्या र कार्यबिभाजन टुंग्याउने बुझिएको छ। त्यस्तै मन्त्रालय भागबण्डासहितका विषयमा लागि यो कार्यदलले नयाँ गठबन्धनका सबै दलसँग पहल गर्ने जनाइएको छ ।

प्रकाशित मिति:March 4, 2024