प्रधानमन्त्री दाहालले किन भेटे एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ?

Nepal Cover
२१ फाल्गुन २०८०, सोमबार
image

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेपाललाई भेटेका छन् ।

प्रधानमन्त्री दाहाल स्वास्थ्यलाभको कामना गर्न आज साँझ उनको निवास कोटेश्वर पुगेका हुन्केही दिनदेखि बिरामी भएर घरमा आराम गरिरहेका अध्यक्ष नेपाललाई प्रधानमन्त्री दाहालले कोटेश्वर निवास पुगेर स्वास्थ्यलाभको कामना गरेके प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री दाहालका साथमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका थिए ।