सरकारमा सहभागी हुने जसपाको निर्णय

Nepal Cover
२१ फाल्गुन २०८०, सोमबार
image

काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले पार्टी सङ्घीय सरकारमा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउन मङ्गलबार पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बैठक पुनः बस्ने उहाँले बताए।