नयाँ गठबन्धनको बैठक बस्दै

  Sampatti News

March 5, 2024

काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक बस्ने भएकाे छ । बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।

बैठकमा मन्त्रालयको टुंगो लगाउने विषयमा रहेकाे छ ।

बालुवाटारमै आज बिहान पनि गठबन्धनको बैठक बसेको थियो। उक्त बैठकमा दलका नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई आज बन्ने मन्त्रीहरूको नाम दिएका थिए। एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ, रास्वपाबाट डिपी अर्याल मन्त्री बन्ने पक्का भएको छ।

गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् ।

प्रकाशित मिति:March 5, 2024