भ्रष्टाचार मुद्दामा कर्मचारीले पाए सफाइ, ठेकेदारलाई साढे ३ करोड असुल र कैदको फेसला

  Sampatti News

March 5, 2024

काठमाडौं । झापा र मोरङको सीमामा पर्ने मावा खोलामा अवैध उत्खनन् गरेको भन्दै परेको मुद्दामा सरकारी कर्मचारीले सफाइ पाएका छन् । उक्त अभियोगमा ठेकेदार दोषी ठहरिएका छन् ।

विशेष अदालत काठमाडौँले दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र कार्की र मोरङको मिक्लाजुङ गाउँपालिकाका सब इन्जिनियर विवेक कार्कीले सफाइ पाएका हुन् ।

ठेकेदार कम्पनी किसन एन्ड विल्डर्स प्रालिका सञ्चालक पशुपति उप्रेती र उनका प्रतिनिधि निशम कार्कीलाई जनही एक करोड ७२ लाख ५ हजार ६ सय ४४ रुपैयाँ असुल हुने फैसला भएको छ । दुवैलाई एक वर्ष ६ महिना कैद सजाय पनि तोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १४ गते विशेष अदालतमा ३ करोड ४४ लाख ११ हजार २ सय ८८ रुपैयाँ २५ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति:March 5, 2024