भारतले नयाँ गठबन्धन मन पराएकाे छैन: प्रधानमन्त्री दाहाल

  Sampatti News

March 5, 2024

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नयाँ सत्ता गठबन्धन मन नपराएकाे खुलासा गरेका छन्। साेमबार पार्टीकाे पदाधिकारी बैठकमा बाेल्दै प्रचण्डले भारतीय राजदूतले आफूलाई भेटेर याे गठबन्धन भारतविराेधी रहेकाे बताएकाे एक पदाधिकारीले जानकारी दिए।

उनका अनुसार नेपाली कांग्रेससँगकाे गठबन्धन टुटाइ नेकपा एमालेलगायतका दलसँग भएकाे नयाँ सत्ता गठबन्धनबाट भारत रुष्ट छ। भारत र संयुक्त राज्य अमेरिका कुनै पनि हालतमा माओवादी र एमाले सँगै आएकाे देख्न चाहँदैनन्। चीन भने दुई कम्युनिष्टकाे मिलन हाेस् भन्ने चाहन्छ।

२०१७ मा दुई कम्युनिष्टकाे चुनावी गठबन्धन र पछि पार्टी एकीकरण हुँदा यसकाे श्रेय चीन भएकाे चर्चा त्याे बेला चलेकाे थियाे।प्रधानमन्त्री दाहालले साेमबार नेपाली कांग्रेससँगकाे गठबन्धन ताेडी एमालेसहितका दलसँग नयाँ गठबन्धन गरेका छन्। उनले हिजाे सबै मन्त्रीहरूलाई बर्खास्त गरी चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।

सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरूलाई कुनै जिम्मेवारी तोकिएको ताेकिएकाे छैन । सोमबार साँझ माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले शपथ लिएका थिए। राष्ट्रपति कार्यालयका अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै लिएका छन्।

प्रधानमन्त्रीले हेर्ने गरी अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिस ऊर्जा, जलस्रोत तथा सिंचाइस कानून, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, गृह. परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात , महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा. वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन. सङ्घीय मामिला तथा सामान्य प्रशासन. सञ्चार तथा सूचना प्रविधि, सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्याको जिम्मा पनि प्रधानमन्त्री दाहालले नै लिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य ताडेर एमाले रास्वपासँग नयाँ सत्ता समीकरण बनाउने निर्णय लिएपछि नेकपा एकीकृत समाजवादीले आफूलाई गर्ने व्यवहारका आधारमा निर्णय लिने जनाएको छ।

प्रधानमन्त्री स्वयं पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेट्न काेटेश्वर पुगेका थिए। त्याेभन्दा पहिला ‍बिहान नारायणकाजी श्रेष्ठले एक्लै नेपाललाई भेटेका थिए। त्यसक्रममा प्रधानमन्त्रीको दूतका रूपमा कोटेश्वर पुगेका श्रेष्ठले नयाँ गठबन्धनमा सामेल हुन नेता नेपाललाई आग्रह गरेका थिए।

प्रकाशित मिति:March 5, 2024