एमालेको प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल नियुक्त

  Sampatti News

March 5, 2024

काठमाडौँ । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला तोकिएका छन् । त्यस्तै सांसद सुनिता बराल सचेतक बनेकी छन् । आज (मंगलबार) पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनयन गरेका हुन् ।

प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो। सचेतक बनेकी बराल समानुपातिक सांसद हुन्।

बर्तौला मकवानपुर-२ बाट प्रत्यक्ष निर्वाचित भएर आएका सांसद हुन्। प्रमुख सचेतक बनेका बर्तौला र सचेतक बराल दुवैजना अनेरास्ववियुको राजनीति गरेर आएका युवा नेता हुन् ।

प्रकाशित मिति:March 5, 2024