सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधन प्रकाशित

  Sampatti News

March 5, 2024

काठमाडौँ । सार्वजनिक खरिद (तेह्रौँ) संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भएको छ । सरकारले नियमावलीको १३औँ संशोधनमार्फत समयमा काम सम्पन्न नभएका र काम चालु अवस्थामा रहेका आयोजनाको समय एकमुष्ट थप्न सक्ने गरी संशोधन गरेको छ।

समय थपका लागि निर्माण कम्पनीले बुझाएको कार्य तालिका अनुसार नै समय थपिने गरी कार्यालय प्रमुखलाई अधिकार दिइएको छ । तर, आर्थिक दायित्व भने थप नहुने सर्तमा समय थप्न सकिने संशोधन भएको नियमावलीमा उल्लेख गरिएको छ ।

सरकारले २०७९ असार २० मा सार्वजनिक खरिद नियमावली संशोधन गरी एक वर्षसम्म रुग्ण ठेक्काको म्याद थप गर्न बाटो खोलेको थियो। त्यसपछि गत असार २१ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी बाधाअड्काउ फुकाउँदै म्याद सकिन लागेका आयोजनाको म्याद थपेको थियो।

प्रकाशित मिति:March 5, 2024